×

नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि

चैत्र ३, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

भोलि दिउँसो २ बजे सभापतिको निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुनेछ ।

बैठकमा पछिल्लो समय राजावादीहरूको बढ्दो सक्रियताको विषयमा पनि छलफल हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: