काठमाडौँ : राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद्ले १७ बुँदे निर्णय गरेको छ।
शुक्रवार र शनिवार बुटवलमा आयोजना भएको परिषद्को बैठकले गणतन्त्र तथा राष्ट्रियता लागि सङ्घीयता घातक रहेको निष्कर्ष निकालेको छ। बैठकले नेपाल जस्तो मुलुकमा सङ्घीयता उपयुक्त नरहेको र सङ्घीयताकै कारण मुलुकमाथि अनावश्यक आर्थिक बोझ थपिएको पनि निस्कर्ष निकालेको हो।
यस्तै बैठकले सङ्घीयताको खारेजीका लागि राजधानी केन्द्रीत आन्दोलनको घोषणा पनि गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया