
काठमाडौँ : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा मिसिँदैछन् ।
एकीकृत समाजवादीमा उनले तेस्रो वरीयता प्राप्त गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । ‘उहाँ चाँडैमा पार्टीमा आउँदै हुनुहुन्छ । उहाँको तेस्रो वरीयतामा हुनुहुनेछ,’ उपाध्यक्ष खतिवडाले भने । नेकपा एकता राष्ट्रिय अभियानका नेता डीबी कार्की पनि चाँडै वामदेव एकीकृत समाजवादीमा जाने बताउँछन् । त्यसका लागि प्राविधिक काम भइरहेको उनले बताए ।
यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वामदेवकै निवास भैंसेपाटी गएर दुई घण्टा वार्ता गरेका थिए । त्यसपछि एकीकृत समाजवादीले पनि वामदेव भित्र्याउने तयारी थालेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया