×

कैलाली-३ बाट विजयी गंगाराम भन्छन् : मतदाताको चाहना बुझेर काम गर्छु

मंसिर ६, २०७९ | दाक्सु मिडिया सम्वाददाता

२०७९ मंसिर ६ गते १४:२३

 कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले मतदाताको धारणा बुझेर आगामी योजना अघि बढाउने बताएका छन् । मतदाताको धारणा बुझ्न प्रत्येक घरमा पुग्ने उनले बताए ।

विजयी भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले भने, ‘म तपाईंहरुको घरदैलोमा आउँदैछु, प्रत्येक घरमा । तपाईंहरुको योजना के छ, वस्तुस्थितिबारे बुझ्ने छु । त्यही योजना अनुसार काम अगाडि बढाउने छु ।’ मतदाताकै चाहना अनुसारको काम गर्ने उनको भनाइ थियो ।

उनी २३ हजार १२० मतसहित विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले १७ हजार ७४९ र नेकपा एमालेका उम्मेदवार गौरी शंकर चौधरीले ९८७४ मत पाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: