×

काठमाडौं १० मा कांग्रेसका राजन केसीको ह्याट्रिक

मंसिर ७, २०७९ | दाक्सु मिडिया सम्वाददाता

 २०७९ मंसिर ७ गते ७:३१

 काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी भएका छन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए ।

यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाएका छन् ।

रास्वपाका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाएका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: