सत्ता गठबन्धनलाई हराएर धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज विजयी

DaksuMedia दाक्सु मिडिया
|
२०७९ जेष्ठ ८

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्।

लौरो चुनाव चिन्हबाट उठेका उनी २० हजार ८ सय २१ मत ल्याएर मेयर निर्वाचित भएका हुन्।

उनले सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईलाई हराएका हुन्। किशोरले १६ हजार ५९ मत ल्याएका छन्।

उपमेयर भने नेकपा माओवादी केन्द्रले जितेको छ।
माओवादीका अइन्द्रविक्रम वेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी भए। यहाँ नेकपा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बू पराजित भए। उनले १७ हजार छ सय छ मत ल्याएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *