×

माओवादी केन्द्रले सिन्धुलीबाट खाता खोल्यो,राजन दाहाल विजयी

मंसिर ७, २०७९ | दाक्सु मिडिया सम्वाददाता

सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर-२ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी भएका छन्।

गठबन्धनका साझा उम्मेदवार दाहाल २७ हजार ५१७ मत प्राप्त गरी विजयी भएका हुन्।

दाहाल नेकपा एमालेका मजोजजंग थापालाई ५ हजार ८३० मतान्तरले  विजयी भएका हुन्।

एमालेका थापाले २१ हजार ६८७ मत प्राप्त गरे।

योसँगै नेकपा माओवादी केन्द्रले आम निर्वाचन २०७९ मा सिन्धुलीबाट प्रतिनिधिसभामा खाता खोलेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: