
सोलुखुम्बु – एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको सोलुखुम्बुमा नेकपा एमालेका मानविर राई विजयी भएका छन् ।
लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका बल बहादुर केसीलाई २७ सय ७९ मतको फराकिलो अन्तरले पछि पार्दै राई विजयी भएका हुन् ।
राईले १९ हजार ३ सय २४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी केसीले १६ हजार ५ सय ४५ मत प्राप्त गरे । यद्यपी निर्वाचन आयोगले अन्तिम मतपरिणाम घोषणा गर्न भने बाँकी छ ।
मंसिर ४ को निर्वाचनमा यहा ४० हजार ४ सय ३३ मत खसेको थियो । जिल्लामा कुल ८१ हजार ५ सय २ मतदाता रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया