×

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन आह्वान

साउन ३०, २०७८ | दाक्सु मिडिया

काठमाडौं । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते १ बजे बस्नेगरी नवौं अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेशसभा विशेष अधिवेशन शुक्रबार अन्त्य भएको थियो ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा उल्लेख छ ।

साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएकोले उहाँले विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: