काठमाडौं । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले २७ साउनको लागि विशेष अधिवेशन बोलाइएकोमा लुम्बिनी सरकारको तर्फबाट सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।
सोमबार लुम्बिनी प्रदेश सभा सदस्य लिला गिरीले बुधबारका लागि आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै रिट दर्ता गराएका हुन् ।
सोमबार लुम्बिनी प्रदेश सभा सदस्य लिला गिरीले बुधबारका लागि आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै रिट दर्ता गराएका हुन् । उक्त रिटको प्रारम्भिक सुनुवाइको लागि भोलिलाई पेशी तोकिएको छ ।
साउन २१ गते लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दे विपक्षी गठबन्धनले त्यसमाथि छलफल गर्नको निम्ती विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखसामू समावेदन दिएका थिए । सोही आधारमा प्रमुख शेरचनले अधिवेशन डाँकेका थिए ।
प्रदेश प्रमुखले आफूहरुसँग सल्लाह नै नगरी विशेष अधिवेशन बोलाएको भन्दै लुम्बिनी सरकारले आक्रोश व्यक्त गरेको थियो ।
आइतबार नै सर्वोच्चमा कानुन व्यवसायीले विशेष अधिवेशन रोक्न माग गर्दै रिट निवेदन पेश गरेको भएपनि सरोकारवाला नभएको भन्दै दरपिट भएको थियो।
लुम्बिनी प्रदेश सभामा ८० सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ३९ जना सांसद मात्रै छन्। विपक्ष गठबन्धनमा सभामुखसहित ४१ जना रहेका छन्।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्