×

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट ‘हेर्न नभ्याइने’मा

भदौ २०, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट पनि सर्वाेच्च अदालतले हेर्न नभ्याउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा पेशी तोकिएको भएपनि आज हेर्न नभ्याइएको हो ।

शुक्रवारदेखि शुरू भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै वाग्तमी प्रदेशसभा सदस्य समेत रहेका नरोत्तम बैद्यले रिट दर्ता गराएका थिए ।

वैद्यले कोरोना महामारीका समयमा २५ जनाभन्दा बढी जम्मा हुन नहुने सरकारको निर्देशन विपरीत अधिवेशन हुन लागेकाले रोक्नु पर्ने माग गरेका छन् । उनले महामारीका बेला महाधिवेशन गर्दा लाखौँको स्वास्थ्य जोखिममा पर्ने जिकिर गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: