काठमाण्डौँ । संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकले पाकिस्तान सरकारलाई पूर्व प्रधानमन्त्री इमरान खानलाई हिरासतमा गरिएको अमानवीय र अपमानजनक व्यवहारको रिपोर्टको सम्बन्धमा तत्काल र प्रभावकारी कारबाही गर्न आग्रह गरेकी छिन् ।
संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि एलिस जिल एडवर्ड्सले पाकिस्तानी अधिकारीहरूलाई इमरान खानको नजरबन्द अन्तर्राष्ट्रिय मान्यता र मापदण्ड अनुसार भएको सुनिश्चित गर्न अपील गरेकी छिन्।
यस वर्षको सेप्टेम्बरमा, इमरान खानको कानुनी टोलीले पूर्व प्रधानमन्त्री र उनकी श्रीमतीलाई जेलमा गरिएको दुर्व्यवहारको विरुद्धमा संयुक्त राष्ट्र संघका विशेष प्रतिवेदकलाई सम्पर्क गरेको थियो ।
संयुक्त राष्ट्र संघका अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – इमरान खानलाई सेप्टेम्बर २६, २०२३ मा रावलपिंडीको अडियाला जेलमा स्थानान्तरण गरिएदेखि नै अत्यधिक एकान्त कारावासमा राखिएको बताइएको छ, जहाँ उनलाई दिनको २३ घण्टा आफ्नो कोठरीमा राखिन्छ, जबकि बाहिरी संसारमा उनको पहुँच पनि अत्यन्तै सीमित छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्