पाकिस्तानमा प्यालेस्टाइनको समर्थनमा आयोजित जुलुसमा विस्फोट : ८ जनाको मृत्यु,१४ जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ ८

शुक्रबार साँझ पाकिस्तानको चमन क्षेत्रको मस्जिद बाहिर बम विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ भने १४ जना गम्भीर घाइते भएका छन्।

पाकिस्तानी मिडियाका अनुसार विस्फोट एउटा जुलुसमा भएको थियो। उक्त जुलुसलाई प्यालेस्टाइनको समर्थनमा प्रधानमन्त्री इमरान खानको आदेशमा बोलाइएको थियो।

विस्फोटको जिम्मेवारी अफगान तालिवानलाई लगाइएको छ। समाचार प्रकाशित नभएसम्म कुनै पनि संगठनले शुक्रबार विस्फोटको जिम्मेवारी लिएका थिएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *