|
२०८३ श्रावण १२
काठमाडौं । नेपाली कांग्रेसले भारतमा पक्राउ परेका सर्लाहीका दुई नेपाली किसानको रिहाइका लागि सरकारले तत्काल कूटनीतिक पहल गर्न माग गरेको छ।
कांग्रेसले आफ्नै खेतीका लागि भारतबाट रासायनिक मल खरिद गरी फर्किने क्रममा पक्राउ परेका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई तस्करको रूपमा नहेर्न आग्रह गरेको छ। उनीहरू करिब २० दिनदेखि भारतको बिहारस्थित सीतामढीको डुमरा जेलमा रहेका छन्।
पार्टीले नेपालमा समयमै मल उपलब्ध हुन नसक्दा किसान यस्तो अवस्थाबाट गुज्रिनुपरेको उल्लेख गर्दै भारत सरकारसँग मानवीय आधारमा उनीहरूको शीघ्र रिहाइका लागि आवश्यक सहजीकरण गर्न अनुरोध गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्