विवादित अडियो प्रकरण : सुनारलाई निलम्बन गर्न खनालको माग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २७

काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले विवादित अडियो प्रकरणको निष्पक्ष छानबिन पूरा नहुँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई निलम्बन गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खनालले अडियोको सत्यतथ्य पत्ता लगाई कथित पीडितलाई सुरक्षा र न्यायको प्रत्याभूति दिनुपर्ने बताएका छन्।

रास्वपाले सुनारलाई छानबिन अवधिभर सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको निर्णयलाई स्वागत गर्दै खनालले त्यो मात्र पर्याप्त नहुने तर्क गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *