कांग्रेसमा चाकडी होइन, कामको मूल्यांकन हुनुपर्छ : खतिवडा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २७

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीभित्र गुटबन्दी र चाकडी प्रथा अन्त्य गर्दै काम गर्ने कार्यकर्तालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

खुला सहमहामन्त्रीमा जित सुनिश्चितजस्तै बनेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वसभापति शेरबहादुर देउवासहित पुराना नेताहरूको योगदानको सम्मान गर्ने बताए।

खतिवडाले पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको आकर्षणलाई जोडेर कांग्रेसलाई एकताबद्ध बनाउने उल्लेख गरे। पार्टी गफभन्दा कामका आधारमा अघि बढ्नुपर्ने र आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउने लक्ष्य रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *