|
२०८३ भाद्र १०
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले आकस्मिक रूपमा छलफल थालेको छ। बाढीबाट स्याफ्रुबेँसी, टिमुरेलगायत क्षेत्रमा क्षति पुगेपछि मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक बसेको हो।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा सुरु भएको बैठकमा बाढीको पछिल्लो अवस्था, क्षतिको विवरण तथा उद्धार र राहतका विषयमा छलफल भइरहेको छ।
चीनको तिब्बततर्फबाट भोटेकोशी र त्रिशूली नदीमा ठूलो बाढी प्रवेश गरेपछि जोखिम बढेको हो। जल तथा मौसम विज्ञान विभागले नदीको तटीय क्षेत्रमा रहेका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
अचानक नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्