धान खेतीमा उत्साह, देशभर रोपाइँ ९८ प्रतिशत नजिक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ६

काठमाडौं, भदौ ६ — यस वर्ष देशभर धान रोपाइँको काम लगभग अन्तिम चरणमा पुगेको छ। कृषि विभागका अनुसार हालसम्म करिब ९८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ।

विभागको तथ्याङ्कअनुसार १३ लाख ४१ हजार ७६४ हेक्टरमा धान रोपिएको छ। गत वर्षको तुलनामा यसपटक रोपाइँको अवस्था १.९२ प्रतिशतले सुधारिएको हो।

सुदूरपश्चिममा शतप्रतिशत रोपाइँ पूरा भइसकेको छ भने कर्णालीमा ९८.५ प्रतिशत र मधेसमा ९८.१० प्रतिशत काम सकिएको छ। अन्य प्रदेशमा पनि ९७ प्रतिशतभन्दा माथि रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।

पर्याप्त मनसुनी वर्षा भएकाले यस वर्ष धान उत्पादन बढ्ने अपेक्षा गरिएको विभागको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *