|
२०८३ श्रावण २
काठमाडौं : नेपालमा यस वर्ष साउन १ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको करिब ७० प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार १३ लाख ७३ हजारभन्दा बढी हेक्टरमध्ये ९ लाख ५८ हजार हेक्टर क्षेत्रफलमा धान रोपिएको छ।
प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा धेरै ९० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको छ भने लुम्बिनी, गण्डकी, बागमती र कर्णालीमा पनि उल्लेख्य प्रगति देखिएको छ।
यता, धान उत्पादनको मुख्य क्षेत्र मानिने मधेश र कोशी प्रदेशमा भने रोपाइँ अपेक्षाकृत सुस्त रहेको विभागले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति केही कम रहेको पनि तथ्यांकले देखाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्