|
२०८३ श्रावण ५
काठमाडौं । धान रोपाइँको व्यस्त समयलाई ध्यानमा राख्दै सरकारले रासायनिक मलको आपूर्ति थप प्रभावकारी बनाएको छ। यसअन्तर्गत २५० मेट्रिकटन डिएपी मल सोमबार विराटनगर भन्सार नाकामा आइपुगेको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार थप १,२५० मेट्रिकटन डिएपी बोकेको रेल मङ्गलबार रक्सौल पुग्ने तयारीमा छ। त्यस्तै, कोलकाताबाट २,५०० मेट्रिकटन डिएपी मल बोकेको अर्को रेल पनि नेपालतर्फ प्रस्थान गरिसकेको छ।
कृषिमन्त्री गीता चौधरीका अनुसार किसानलाई आवश्यक मल समयमै उपलब्ध गराउने उद्देश्यका साथ आपूर्ति व्यवस्थापनलाई तीव्र बनाइएको छ। साथै, ३० हजार मेट्रिकटन युरिया मल आयात तथा ढुवानी प्रक्रिया पनि अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्