वर्षा र सिँचाइको अभावले सङ्खुवासभामा धान रोपाइँ सुस्त

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २७

काठमाडौं : सङ्खुवासभामा पर्याप्त वर्षा नहुनु र सिँचाइ सुविधा कमजोर हुँदा यस वर्ष हालसम्म करिब २५ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार माथिल्लो भेगमा रोपाइँ सकिए पनि तल्लो क्षेत्रका धेरै किसानले अझै बीउ ब्याडमै राख्न बाध्य भएका छन्। जिल्लामा आठ हजार ६०० हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि खण्डवृष्टि र पानीको अभावले खेती प्रभावित बनेको हो।

कृषि प्राविधिकहरूले समयमै पर्याप्त वर्षा नभए उत्पादनमा समेत असर पर्न सक्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *