|
२०८३ श्रावण १६
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म तीन लाख ५० हजार ११८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल रोपाइँयोग्य क्षेत्रफलको ९१ दशमलव ५५ प्रतिशत हो।
आठ जिल्लामध्ये सिरहाले शतप्रतिशत रोपाइँ सम्पन्न गरेको छ भने सर्लाही, बारा, रौतहट, पर्सा र सप्तरीमा पनि अधिकांश क्षेत्रफलमा रोपाइँ सकिएको छ। धनुषा र महोत्तरीमा भने केही क्षेत्रमा रोपाइँ बाँकी रहेको कृषि विकास निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार यस वर्ष समयमै भएको वर्षा र पर्याप्त सिँचाइ सुविधाका कारण रोपाइँ सन्तोषजनक रूपमा अघि बढेको हो। प्रदेशमा कुल तीन लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्