काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति जनाएका छन्।
समाचार प्रकाशनकै विषयलाई लिएर पत्रकार श्रेष्ठलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको प्रचण्डको भनाइ छ। उनले राज्यले कुनै पनि सञ्चारकर्मीमाथि कारबाही अघि बढाउँदा प्रचलित कानुन र निर्धारित प्रक्रियाको पालना गर्नुपर्ने बताएका छन्।
श्रेष्ठको पक्राउबारे प्रतिक्रिया दिँदै प्रचण्डले स्थापित सञ्चारमाध्यमका सम्पादकलाई समेत आवश्यक कानुनी प्रक्रिया पूरा नगरी धरपकड गरिनु लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर विषय भएको उल्लेख गरेका छन्।
उनले पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको मर्म कमजोर पार्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रचण्डले पक्राउ परेका पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न सरकारसँग आग्रहसमेत गरेका छन्।



दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्