पौडेलको पक्राउप्रति ओलीको आपत्ति, रिहाइको माग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १०

काठमाडौँ, असार १० — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भएको बताएका छन्।

संसदीय दलको बैठकमा बोल्दै ओलीले पौडेलमाथि गरिएको कारबाही कानुनी आधारभन्दा बाहिर रहेको दाबी गरे। उनले पक्राउ प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सरकारसँग तत्काल रिहा गर्न आग्रह गरेका छन्।

अध्यक्ष ओलीले वर्तमान सरकारका केही गतिविधि विधिसम्मत नभएको आरोप लगाउँदै एमाले अब सदन र सडक दुवै माध्यमबाट आफ्नो धारणा सशक्त रूपमा राख्ने तयारीमा रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *