|
२०८२ फाल्गुन ५
काठमाडौं, ५ फागुन — आम जनता पार्टीले दुर्गा प्रसाईलाई बिना सर्त रिहा गर्न सरकारसँग माग गरेको छ। प्रसाईंलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिइएको थियो।
पार्टीका प्रवक्ता चन्द्रभूषण साहद्वारा जारी विज्ञप्तिमा रातिको समयमा गरिएको पक्राउप्रति गम्भीर आपत्ति जनाइएको छ। विज्ञप्तिमा सरकार आलोचक र फरक विचारलाई दबाउन उद्दत देखिएको आरोप लगाउँदै यस प्रकारका कदमले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि आघात पुग्ने उल्लेख गरिएको छ।
आजपाले मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा असहमतिको अधिकारको सम्मान गर्न आग्रह गर्दै प्रतिशोधपूर्ण ढंगले गरिएको गिरफ्तारी तत्काल खारेज गरी प्रसाईंलाई निःशर्त मुक्त गर्न माग गरेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्