|
२०८३ श्रावण ११
काठमाडौं । होर्मुज जलमार्गमा एक तेल ट्यांकर समुद्री माइनसँग ठोक्किएपछि आगलागी भएको जनाइएको छ। इरानी सञ्चारमाध्यमका अनुसार जहाज इरानले निर्धारण गरेको समुद्री मार्गभन्दा बाहिर सञ्चालन भइरहेका बेला दुर्घटनामा परेको हो।
इरानले यसअघि नै व्यापारिक जहाजहरूलाई तोकिएको समुद्री मार्ग प्रयोग गर्न निर्देशन दिँदै त्यसको उल्लङ्घन गरे जोखिमको जिम्मेवारी स्वयं वहन गर्नुपर्ने चेतावनी दिएको थियो।
घटनामा संलग्न जहाजको परिचय, आगलागीबाट भएको क्षति तथा सम्भावित मानवीय क्षतिबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। इरानी अधिकारीहरूले पनि यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्।
अमेरिका–इरान युद्ध सुरु भएपछि होर्मुज जलमार्गमा समुद्री माइनसँग व्यापारिक जहाज ठोक्किएको यो पहिलो घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्