होर्मुज जलमार्गमा तनाव, जहाज आवागमनमा भारी गिरावट

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २५

तेहरान : अमेरिका र इरानबीच बढेको सैन्य तनावका कारण विश्वको प्रमुख व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा जहाजको आवागमन लगभग रोकिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल केही जहाजले मात्र इरानले अनुमति दिएको मार्ग प्रयोग गरिरहेका छन्। पछिल्लो घटनाक्रमपछि दैनिक रूपमा पार हुने जहाजको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

विश्वको करिब २० प्रतिशत कच्चा तेल यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले अवरोधले ऊर्जा बजार र विश्व अर्थतन्त्रमा असर पर्न सक्ने चिन्ता बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *