होर्मुज नाकाबन्दीको इरानी दाबीप्रति अमेरिकी असहमति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

काठमाडौं, ७ असार । दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणपछि इरानले होर्मुज जलडमरूमध्य बन्द गरेको घोषणा गरेको छ। तर अमेरिकी सेनाले भने उक्त समुद्री मार्ग सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार जहाजहरूको आवतजावत नियमित छ र शनिबार मात्र दर्जनौँ व्यापारिक जहाजले जलमार्ग प्रयोग गरेका छन्।

यसैबीच, अमेरिका र इरानबीच आणविक कार्यक्रम तथा लेबनान युद्धविरामबारे स्विट्जरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भएको छ। वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी रहने जनाइएको छ।

इरानले युद्धविरामसम्बन्धी सहमति पूर्ण रूपमा कार्यान्वयन नभएको आरोप लगाउँदै आएको छ भने अमेरिका कूटनीतिक समाधानको प्रयासमा रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *