७ असार, काठमाडौं । सन् २०२२ मा हुने विश्वकप फुटबल हेर्न आउने १० लाख व्यक्तिहरुलाई कतारले कोरोना भाइरस विरुद्धको खोप लगाइदिने भएको छ । रंगशालामा खोप नलगाएका व्यक्तिलाई प्रवेश निषेध गरिने पनि कतारले बताएको छ ।
कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा अल थानीले विश्वकप हेर्न आउने सबैलाई कोरोना खोप दिने विषयमा पनि कम्पनीहरुसँग छलफल भइरहेको बताएका छन् ।
कोरोना महामारीमा पनि कतारले विश्वकप आयोजनाको तयारीलाई भने रोकेको छैन । विश्वकपको आयोजनाबाट मुलुकलाई आर्थिक रुपमा ठूलो फाइदा हुने कतारले विश्वास लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया