इलामको चिया कारखानामा आगलागी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ २

इलाम : इलामको पर्यटकीय अन्तुमा रहेको अन्तु भ्यालीको चिया कारखानामा आगलागी भएको छ। 

आइतबार दिउँसो ३ बजेदेखि सूर्योदय नगरपालिका-४ अन्तुमा रहेको चिया कारखानामा आगलागी साँझ ७ बजे सम्म पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

आगलागीबाट सबै संरचना जलेर ध्वस्त हुँदा करोडौंको क्षती भएको प्रहरीको अनुमान छ। इलाम टी प्रर्ड्युस प्रा.लिद्धारा संचालित कारखानाका ३ भवनसहित सम्पूर्ण मेसीन जलेर नष्ट भएका छन्।

आगलागीबाट कारखानामा रहेको सबै तयारी चिया समेत जलेको छ। 

सूर्योदय नगरपालिकाका दुईवटा दमकल, इलाका प्रहरी कार्यालय पशुपतिनगर र सशस्त्र प्रहरीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। 

आगो निभाउन इलाम नगरपालिका र झापाबाट समेत दमकल बोलाइएको छ। 

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले आगोको ज्वालो नियन्त्रणमा आए पनि भित्र आगो अझै नियन्त्रणमा आउन बाँकी रहेको बताए।

आगलागीबाट करोडौंको क्षति भएको संचालक किसन गिरीले बताए। 

आगलागीको कारण खुल्न सकेको छैन। 

‘अहिले यतिनै क्षति भयो भनेर भन्न सक्ने अवस्था छैन,’ संचालक गिरीले भने, ‘आगो पूर्ण नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण संकलन हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *