|
२०८३ जेष्ठ २१
कास्की, जेठ २१ — पोखरा महानगरपालिकाले फिर्के खोला संरक्षण अभियानअन्तर्गत खोलाघरभित्र रहेका १६० स्थायी तथा अस्थायी संरचना हटाएको जनाएको छ।
जेठ १० देखि सुरु गरिएको अभियानमार्फत खोला अतिक्रमण हटाई प्राकृतिक बहाव कायम राख्ने प्रयास भइरहेको महानगरले जनाएको छ। फेवाताल संरक्षणसँग प्रत्यक्ष सम्बन्धित भएकाले फिर्के खोलाको सफाइ र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
महानगरले खोलामा सिधै ढल मिसाउने कार्य तत्काल रोक्न चेतावनी दिँदै मापदण्डभित्र नयाँ संरचना निर्माण नगर्न आग्रह गरेको छ। अतिक्रमण हटाइएका क्षेत्रमा भविष्यमा पदमार्ग (फुट ट्र्याक) निर्माण गर्ने योजना समेत रहेको जनाइएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्