बालेनको राजीनामालगत्तै खोला किनारका जग्गामा काठमाण्डौं महानगरको रोक्का फुकुवा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ७

काठमाण्डौँ । काठमाण्डौं महानगरपालिकाको मेयरबाट बालेन शाहले राजीनामा दिएलगत्तै महानगरले खोला किनारका जग्गामा निर्माण अनुमति नरोकिने सूचना सार्वजनिक गरेको छ ।

महानगरले बुधबार एक सूचना जारी गर्दै यसअघि रोक्का भएको जग्गा फुकुवा भएको भन्दै निर्माण अनुमति नरोकिने जनाएको हो ।

‘सर्वोच्च अदालतको आदेशको आधारमा २०६५ मंसिर १ को मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्डको अधीनमा रही कार्य गर्न बाधा नपर्ने हुँदा कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण गर्न अनुमतिमा रोक नलगाइने र निर्माण भइरहेको संरचनामा समेत रोक्का नराखिने जानकारी गराइन्छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *