काठमाण्डौँ । पोखरा महानगरपालिकाले फिर्के खोला र पोखरा बसपार्क क्षेत्रमा बनेका अवैध संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ । मेयर धनराज आचार्य ले राजनीतिक दल, प्रशासन र सरोकारवालासँग लगातार छलफल गर्दै सर्वपक्षीय सहमति खोजिरहेका छन् ।
महानगरले पोखरा बसपार्क क्षेत्रका अव्यवस्थित बसोबासी र सुकुमवासी संरचना हटाउन ३५ दिने सूचना जारी गरिसकेको छ, जसको म्याद जेठ ८ गते सकिँदैछ । अमरसिंह माविको चौरमा रहेका ५१ टहरा सहमतिमै हटाइएपछि महानगर थप संरचना हटाउने तयारीमा जुटेको हो ।
फिर्के खोला क्षेत्रमा १ सय ६० संरचना खोलाघरभित्र रहेको महानगरको प्रतिवेदनमा उल्लेख छ। उच्च अदालतले रिट खारेज गरेपछि संरचना हटाउने बाटो खुलेको छ। महानगर आगामी बजेटबाट फिर्के करिडोर निर्माण अघि बढाउने योजनामा छ।
त्यस्तै, २०३१ सालमा अधिग्रहण गरिएको पोखरा बसपार्कको १७८ रोपनी जग्गामा हाल ४ सय ५७ परिवार बसोबास गर्दै आएका छन् । महानगरले विकल्पसहित व्यवस्थापन गरेर बसपार्क निर्माण प्रक्रिया अघि बढाउने जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्