मलेसिया जाने कामदारको संख्या बृद्धि, अभिमुखीकरण तालिम दिने संस्था थपिँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २०

काठमाण्डौँ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरूको संख्यामा उल्लेख्य वृद्धि भएपछि सरकारले मलेसिया क्लष्टरमा अभिमुखीकरण तालिम दिने संस्थाहरूको संख्या थप गर्ने भएको छ ।

वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै हाल सञ्चालनमा रहेका तालिम प्रदायक संस्थाहरू मात्रै मलेसिया जाने कामदारलाई तालिम दिन अपुग देखिएकाले नयाँ संस्थाहरूलाई अनुमति दिन लागिएको जनाएको हो ।

हाल अन्य देशका लागि तालिम सञ्चालन गरिरहेका तर, मलेसिया क्लष्टरमा स्थानान्तरण हुन चाहने इच्छुक संस्थाहरूलाई ३ दिनभित्र निवेदन दिन आह्वान गरिएको छ ।

विभागका अनुसार मलेसिया जाने कामदारको संख्या दिनप्रतिदिन बढ्दै जाँदा हालका तालिम केन्द्रहरूमा अत्यधिक चाप परेको छ । ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६’ को मापदण्ड पूरा गरेका संस्थाहरूले मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *