मंसिरमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ११

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या अघिल्लो महिनाको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार मंसिरमा ६५ हजार ७०५ जना नेपाली श्रमिक विदेशिएका छन्, जुन कात्तिकको भन्दा करिब ७ हजार ३०० ले कम हो।

यद्यपि नयाँ श्रम स्वीकृति लिनेको संख्या भने बढेको छ। मंसिरमा २९ हजार ६१८ जनाले नयाँ श्रम स्वीकृति लिएर विदेश गएका छन्, जुन कात्तिकको तुलनामा बढी हो।

गन्तव्य देशतर्फ हेर्दा मंसिरमा सबैभन्दा धेरै नेपाली कामदार साउदी अरेबिया पुगेका छन्। त्यसपछि कतार, यूएई र मलेसिया प्रमुख गन्तव्य देश रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *