|
२०७८ माघ ७
काठमाडौं: सरकारले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको छ। शुक्रबार गृह मन्त्रालयले उक्त जानकारी दिएको हो। बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए। उक्त निर्णय माघ १० गतेदेखि अर्को आदेश जारी नभएसम्मको लागि लागू हुने बताइएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्