इजरायलमा रोजगारीका लागि जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण गर्न चार स्वास्थ्य संस्था

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २

काठमाण्डौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा रोजगारीका लागि जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण गर्न चार स्वास्थ्य संस्थालाई आधिकारिक रूपमा सूचीकरण गरेको छ ।

उच्च अदालत पाटनको परमादेश र विशेषज्ञ समितिको सिफारिसका आधारमा मन्त्रालयले यो निर्णय लिएको हो ।

सोमबार प्रकाशित सूचना अनुसार सूचीकृत हुने स्वास्थ्य संस्थाहरूमा ललितपुर सानेपास्थित स्टार हस्पिटल, काठमाडौं मण्डिखाटारको हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी (ह्याम्स) , स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र सिनामंगलमा रहेको किस्टल डायग्नोस्टिक प्रालि छन् ।

मन्त्रालयले उच्च अदालत पाटनको रिट नम्बर ०८१ (डब्लूओ) १२८८ को उत्प्रेषण परमादेश मुद्दामा ६ चैत २०८१ मा जारी आदेश अनुसार विशेषज्ञ समितिको २७ साउन २०८२ को निर्णय र सिफारिसका आधारमा यो सूचीकरण गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *