जापान जाने श्रमिकलाई निःशुल्क परामर्श दिने प्लेन्टिको शाखा काठमाडौंमा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १४

रोजगारीका लागि जापान जाने युवाहरूलाई निःशुल्क परामर्श सेवा दिँदै आएको प्लेन्टिको शाखा काठमाडौंमा स्थापना भएको छ।

जापानमा रोजगार सम्बन्धी सेवामा काम गर्दै आएको प्लेन्टिले बानेश्वरको शंखमुलमा शाखा स्थापना गरेको हो। 

शनिबार एक कार्यक्रमकाबीच प्लेन्टि कम्पनी अध्यक्ष एवंम प्रमुख कार्यकारी अधिकृत रयोता अवाले शाखा उद्घाटन गरे। 

पछिल्लो समय नेपालबाट कामको खोजिमा जापान जाने श्रमिकहरूको संख्या बढ्दो क्रममा देखिएपछि आवश्यक परामर्शका लागि प्लेन्टि शाखाको स्थापना गरिएको नेपाल शाखा प्रमुख ज्ञानेन्द्र भट्टले बताए। 

‘करिब एक लाख २० हजार नेपाली जापानमा छन्। आवश्यक परामर्श नभएका कारणले रोजगारीको बाहानामा ठगीमा पर्ने घटना छन्। प्लेन्टिमार्फत् जापानमा रोजगारी सम्बन्धी आवश्यक परामर्श काठमाडौंमा निशुल्क उपलब्ध गराउनेछौं,’ भट्टले भने। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *