गायक तथा अभिनेता प्रशान्त तामाङको दार्जिलिङमा अन्त्येष्टि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २९

काठमाण्डौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीरलाई उनको जन्मथलो दार्जिलिङमा अन्त्येष्टि गरिएको छ।

आइतबार बिहान कार्डियक अरेस्टका कारण दिल्लीमा निधन भएका उनको मंगलबार दार्जिलिङको तल्लो तुमसुङ नजिकको आलुबारीमा अन्त्येष्टि गरिएको हो ।

प्रशान्तको बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ। अन्त्येष्टिमा प्रशान्तका आफन्त तथा बौद्ध लामाहरूसहित सयौंको संख्यामा शुभचिन्तकको उपस्थिति रहेको थियो ।

अन्त्येष्टिअघि उनको शवलाई दार्जिलिङमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

दार्जिलिङको चौरास्तामा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न हजारौंको उपस्थिति रहेको थियो । त्यहाँ उनका चर्चित गीतहरू प्रस्तुत गर्दै उनीप्रति सम्मान समेत अर्पण गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *