गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ८

काठमाण्डौँ । गायिका नितु पौडेलको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार दिउँसो परिवारले उनको शव पोस्टमार्टमपछि अन्त्येष्टि गरेको हो ।

पौडेलको एक साताको उपचारपछि शुक्रबार मृत्यु भएको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर गायिका पौडेललाई चिकित्सकले मृत घोषित गरेका थिए ।

उनले कात्तिक १ गते स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेकी थिइन् ।

मृत्यु भएपछि उनका दाइ गणेश पौडेलले बाबुल गिरीविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दिनुभएको छ ।

गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिनुभएको हो । विगत ८–९ वर्षदेखि बहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उहाँको दाबी छ । दुई जनामात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको दाबी उहाँको छ ।

यो स्टुडियो गायक बाबुल गिरीको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *