|
२०८२ पुष ६
काठमाण्डौँ । सोलुखुम्बुः सोलु काठमाण्डौँ सम्पर्क मञ्चले केन्द्रीय सदस्यमा नवनिर्वाचित मानवीर राईलाई सम्मान गरेको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उहाँलाइ सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।
सम्मान ग्रहणपछि राईले आफूलाई प्राप्त सम्मानले थप जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिएका दिनुभएको छ । समाज र समुदायका लागि निरन्तर इमानदारीपूर्वक काम गर्दै जाने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो ।
उहाँले यस्तो सम्मानका लागि सोलु काठमाण्डौँ सम्पर्क मञ्चप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि सामाजिक सेवामा सक्रिय रहने बताउनुभएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट सोलुखुम्बुका निर्वाचित राईले कुल १६ सय ३३ मत प्राप्त गरी विजयी हुनु भएको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्