नेकपा एमालेको सोलु –काठमाडौँ सम्पर्क मञ्चको १२ औँ अधिवेशन फागुन २१ गते हुने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन २०

सोलुखुम्बु : नेकपा एमालेको सोलु –काठमाडौँ सम्पर्क मञ्चको १२ औँ अधिवेशन यहि फागुन २१ गते हुने भएको छ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलको प्रमुख आतिथ्यमा हुने अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने मञ्चले जनाएको छ एमाले सोलु–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष कृष्ण गोपाल श्रेष्ठले अधिवेसनमा करिव तीन सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागि हुने जानकारी दिनुभयो । सम्पर्क मञ्चका सचिव आङबाबु राईका अनुसार अधिवेशनमा एमालेका नेता, कार्यकर्ता तथा सोलुखुम्बु घर भइ हाल काठमाडौँमा बसोबास गर्ने एमाले समर्थकहरुको उपस्थिति रहनेछ । अधिवेशन काठमाडौँको सुकेधारामा हुने मञ्चले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *