एप्पलका इन्जिनियरहरू ओपन एआईप्रति आकर्षित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २९

काठमाण्डौँ । विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी एप्पलभित्र पछिल्ला केही महिनायता सामन्य लाग्ने तर गहन हलचल देखिएको छ।

लामो समयदेखि एप्पलका प्रमुख उत्पादनहरू जस्तै आइफोन, एयरपोड्स र एप्पल वाचमा काम गरेका अनुभवी इन्जिनियर र डिजाइनरहरू एकपछि अर्को गर्दै कम्पनी छाडेर च्याट जिपिटी निर्माता ओपन एआईतर्फ आकर्षित भइरहेका छन् ।

वाल स्ट्रिट जर्नलका अनुसार, एप्पलको स्मार्ट वाच डिजाइन गर्ने वैज्ञानिक टोली र गोप्य रोबोटिक्स परियोजनामा संलग्न थुप्रै प्राविधिकहरूले हालै ओपन एआई कम्पनीमा प्रवेश गरेका छन् ।

सोसल मिडिया प्लाटफर्म लिङ्क्डइनका प्रोफाइलहरूले पनि एप्पलबाट भईरहेको यस्तो प्रतिभा पलायनलाई पुष्टि गरेको छ। यद्यपि एप्पल आफैंले भने यस्ता आन्तरिक गतिविधिहरुका विवरण सार्वजनिक गरेको छैन ।

विश्वकै सर्वाधिक मूल्यवान कम्पनी एप्पलमा राम्रो तलब तथा सेवा सुविधा र सम्मानसहित काम गरिरहेका ती कर्मचारीहरू किन ओपन एआईमा गए त ?

समाचारहरुका अनुसार एप्पलबाट भईरहेको यस्तो प्रतिभा पलायनको मूख्य कारण चाहीँ ओपन एआईले आगामी वर्ष सार्वजनिक गर्ने तयारी गरिरहेको एउटा नयाँ हार्डवेयर डिभाइस नै हो ।

हुनत ओपन एआईले उक्त उपकरणबारे हालसम्म कुनैपनि आधिकारिक जानकारी दिएको छैन । तथापि ओपन एआईको सो हार्डवेयर प्रोजेक्ट यति रोमाञ्चक बनिरहेको छ कि एप्पलमा निर्णायक भूमिका निभाएका इन्जिनियरहरू समेत यसप्रति आकर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *