नेपालको राहदानी विश्वकै सबैभन्दा कमजोर सूचीमा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २८

काठमाडौ : नेपालको राहदानी विश्वकै सबैभन्दा कमजोर सूचीमा परेको छ।

विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्पनी हेन्ली एण्ड पाटनर्स (बेलायत) ले बुधबार सार्वजनिक गरेको सूची अनुसार नेपालको राहदानी विश्वका खराब १० राष्ट्रमा परेको छ।

अन्तर्राष्ट्रिय हवाई संघ (आईएटीए) को तथ्यांकका आधारमा सन् २०२२ मा गरिएको १११ वटा मुलुकमध्ये जापान र सिंगापुरको राहदानी सबैभन्दा शक्तिशाली भएको छ।

जापान र सिंगापुरको राहदानीबाहकले १९२ मुलुकमा अनअराइभल भिसा पाउँछन्।

यस्तै जर्मनी र दक्षिण कोरियाका राहदानी बाहकले १९० मुलुकमा सहजै आवतजावत गर्न पाउँछन्।

सार्वजनिक गरेको सूचीमा अमेरिका, बेलायत, इटाली, स्पेन, पोर्चुगल  र स्वीजरल्याण्ड १० शक्तिशाली राहदानीमा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *