च्याटजीपीटीमा एडल्ट मोड थपिँदै, कस्तो छ यो सुविधा ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २६

काठमाडौँ । ओपन एआईले वयस्क प्रयोगकर्ताहरूका लागि च्याटजीपीटीमा  Adult Mode (एडल्ट मोड) नामक नयाँ सुविधा थप गर्ने भएको छ । कम्पनीको एप्लिकेसन्सका सीईओ फिजी सिमोका अनुसार यो मोड २०२६ को पहिलो त्रैमासिकमा सुरु हुने अपेक्षा गरिएको छ ।

ओपनएआईले यसलाई वयस्क प्रयोगकर्ताहरूसँग वयस्क जस्तै व्यवहार गर्नेु नीतिको रूपमा चर्चा गरेको छ । यो नयाँ प्रयोग च्याटबटमाथि लगाइएका कडा सुरक्षा नियन्त्रणहरू (गार्डरेल्स) को प्रतिक्रिया स्वरूप आएको हो, जसले धेरै प्रयोगकर्ताका लागि एआई कम उपयोगी वा कम रमाइलो लागेको गुनासो सम्बोधन गर्नेछ । धेरै प्रयोगकर्ताहरूले एआईले उनीहरूलाई बालबालिकालाई जस्तो व्यवहार गरेको महसुस भएको बताउने गरेका छन् ।

विशेषता यस्ता हुनेछन् :

यो मोडले भेरिफाइड वयस्क प्रयोगकर्ताहरूलाई यौन साहित्य (erotica), रोमान्स र कामुक कथा लेखन जस्ता एडल्ट सामग्री सिर्जना गर्न र पढ्न अनुमति दिनेछ । प्रयोगकर्तालाई बालबालिकालाई जस्तो व्यवहार गर्ने गार्डरेलको नियन्त्रण बाहिर राख्नु यो मोडको उद्देश्य हो । यसले गर्दा प्रयोगकर्ताहरूले हिंसा वा यौनको बारेमा खुलेर सामग्री सिर्जना गर्न सक्छन् ।

एडल्ट मोडले कुराकानीमा बढी स्वतन्त्रता र यथार्थपन ल्याउनेछ । प्रयोगकर्ताहरूले आफ्नो जीवनसँग सम्बन्धित, तर साथीहरू वा चिकित्सकहरूसँग कुरा गर्न नचाहेको विषयहरूमा पनि संवाद गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *