|
२०८२ मंसिर २८
काठमाण्डौँ । नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरको हो ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ का निवर्तमान सांसद चालिसेमाथि गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप छ । आयोगले उनीेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
चालिसे विघटित प्रतिनिधि सभाका अर्थ समिति सभापति पनि हुन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्