मल खरिदमा भ्रष्टाचार: १ अर्ब भन्दा बढी बिगोसहित मुद्दा दायर

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष १८

काठमाडौं : कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसमेत १२ जनाविरुद्ध १ अर्ब ५३ लाख बिगोसहित मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मल खरिदमा भएको भ्रष्टाचारमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्कर दिप बुढा र नेपाल इन्भाइरोमेन्टल साइटिंफिक सर्भिस प्रालिका प्रबन्ध निर्देशक सलिल देवकोटालाई प्रतिवादी बनाइएको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबी गरिएको छ । 

अख्तियारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनी लिमिटेडले खरिद गरेको डिएपि मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गरेको थियो ।

अख्तियरका अनुसार कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारीहरु र आपूर्तिकर्तासमेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त मल भनि रासायनिक मल (नियन्त्रण) आदेश,२०५५, एवं सार्वजनिक खरिद ऐन,२०६३ तथा नियमावली,२०६४ विपरित कृषि सामाग्री कम्पनी लिमिटेडले बिना प्रतिस्पर्धा प्रमाणपत्र अद्यावधिक नगरेको संस्था नेपाल इन्भाइरोमेन्टल साइटिंफिक सर्भिस प्रालिलाई मलको गुणस्तर परीक्षण प्रतिवेदन दिन लगाएको अख्तियारका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *