|
२०८२ मंसिर १९
काठमाण्डौँ । नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजदूत तोरुले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।
भेटका क्रममा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने संकल्पको सराहना गर्दै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको बताए ।
प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकासलगायत विविध क्षेत्रमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्