सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूत शिष्टाचार भेट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १३

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य र वर्तमान अवस्थाका विषयमा छलफल भएको थियो।

मन्त्री खरेलले ऐतिहासिक सम्बन्ध र भारतको सहयोगको प्रशंसा गर्दै स्वतन्त्र र निष्पक्ष निर्वाचन, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको बताए।

राजदूत श्रीवास्तवले असल छिमेकीको हैसियतले भारत नेपालको आर्थिक रुपान्तरण र समृद्धिका लागि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *