वायुसेवा निगमका सञ्चालक श्रेष्ठलाई कामु महाप्रबन्धकमा नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ३

काठमाण्डौँ । सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य रहेका अमृतमान श्रेष्ठलाई कार्यबाहक महाप्रवन्धकमा नियुक्त गरेको छ । प्रशासनिक पृष्ठभूमिका निममकै पूर्वकर्मचारी श्रेष्ठ नेपाल वायुसेवा निगमको कामु उपनिर्देशकबाट अवकाश पाएका थिए ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार, मन्त्रिपरिषदको निर्णय प्रमाणिकरण भएपछि थप प्रक्रिया अघि बढ्नेछ । त्यसपछि पत्राचार गरेर उनलाई बुधबार नै नियुक्ति दिने तयारी छ ।

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीको अवकाशपछि सरकारले निगमका उप कार्यकारी निर्देशक जनकराज कालाखेतीलाई निमित्त महाप्रवन्धकको जिम्मेवारी दिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *